यस्तो बन्यो चलचित्र ‘पसिना’ को फष्टलुक

Balidan

काठमाडौं । फिल्म ‘पसिना’को फष्टलुक सार्वजनिक गरिएको छ । नयाँबर्ष २०७६ को अवसर आइतबार निर्माण युनिटले फिल्मका ३  पोस्टर सार्वजनिक गरेको हो । 

केहि दिनअघि टाइटल गीत सार्वजनिक गरिएको यो फिल्म मजदूरहरुको कथामा निर्माण भएको हो । फिल्मको फष्टलुकमा गौरव पहाडी, अनु शाह, सरोज खनाल लगायतका कलाकार अटाएका छन् ।  आरबी खत्री ‘शरद’ ले निर्देशन गरेको फिल्ममा चलचित्र ‘पसिना’ मा गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धुर्व कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकारको अभिनय रहेको छ । 

राम केसीको छायाँकन, राजनराज शिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नविन निरौलाको सम्पादन, शिव विक र राजीव समरको नृत्य र देव महर्जनको द्वन्द रहेको फिल्मले ‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको छ । २७ वैशाखबाट प्रदर्शनमा आउने फिल्मका कार्यकारी निर्माता सञ्जय महतो हुन् । चलचित्रको ट्रेलर यसै साता सार्वजनिक गर्ने योजना निर्माण युनिटको रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...