आकाश र पूजा ‘पोई पर्यो काले’मा फाइनल, पूजाकाे पारिश्रमिक कति ?

Pukash

काठमाडौं । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा नयाँ फिल्ममा भित्रिएका छन् । फिल्म ‘पोई पर्यो काले’ मा उनीहरु फाइनल भएका हुन् । आकाश र पूजा एकसाथ भने यो तेश्रो पटक हो ।

फिल्मको कथा लेखन निर्देशन निर्देशक शिशिर राणाले गर्ने भएका छन् । अभिनेत्री शर्माले २० लाख पारिश्रमिक लिएको र अभिनेता आकाश श्रेष्ठले पनि १८ लाख लिएको खबर बाहिरिएको छ ।

फिल्ममा अर्का एक नायक र नायिका पनि हुनेछन् । रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो पिल्म रघु परियार र किरण नेपाली कार्यकारी निर्माता 
रहेका छन् भने निर्माता दिपक मनाङ्गे भएको बताइएको छ ।
 
हेड अफ प्रोडक्शन सुरज आचार्य रहेका फिल्ममा पुरुषोत्तम न्यौपाने र शीव गौतमले संगीत भर्ने भएको छ । फिल्मको छायांकन जेठबाट सुरु हुने निर्माण टोलीले जनाएको छ । फिल्मलाई कात्तिकको ८ गते लक्ष्मीपूजाको अवसर पारेर रिलिज गरिने टोलीले जानकारी दिए ।

 

 

प्रतिकृया दिनुहोस