तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना

विमानमा कति यात्रु सवार थिए भन्ने पुष्टि भएको छैन

Crash solukhumbu

सोलुखुम्बु । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छ । लुक्ला विमानस्थलमा हवाई जहाज र हेलिकोप्टर आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

पार्किङ गरी राखिएको हेलिकप्टरसँग आज बिहान ९: २० बजे उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए ।

विमानमा के कति यात्रु सवार थिए भन्ने पुष्टि भएको छैन । प्रत्यक्षदर्शी जीतबहादुर कार्कीका अनुसार विमान ठोक्किएलगत्तै आगो लागेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी शालिकराम शर्माले घटनाको पुष्टि गरे । ‘रन वेमा चिप्लिएर समिटको प्लेन श्री एयरको हेलिकोप्टरमा ठोक्किएको छ, हामी उद्धार गरिरहेका छौं’ उनले भने, ‘पछि विस्तृत विवरण आउँछ ।’

प्रतिकृया दिनुहोस