चर्चा ट्याटुको : अभिनेत्रीदेखि कलाकारको ‘गोप्य’ अंगमै ट्याटु

चर्चा ट्याटुको : अभिनेत्रीदेखि कलाकारको ‘गोप्य’ अंगमै ट्याटु

काठमाडौं । नेपालमा ट्याटु खोप्ने चलन जति बढेको छ, त्यति नै यससम्बन्धी कलाकारको माग पनि । केही सेलिब्रिटी चाँही चर्चामा आउन पनि गोप्य अंगमा ट्याटु खोप्ने गर्छन् । जसले उनीहरुका त्यस्ता तस्विरहरु भाइरल बन्छन् ।

ट्याटु खोप्नु सौख पनि हो । तर, कतिपय नेपाली अभिनेत्रीका ट्याटु खोपेका तस्बिर ‘लिक’ हुँदा आलोचना पनि हुने गरेको छ । ट्याटु हात, खुट्टा, ढाडलगायत शरिरमा आकर्षित अंगमा खोप्ने चलन नेपालबाट सुरु भएको होइन, यो विश्वव्यापी प्रचलनअनुसार नै खोपिने गरेको छ । कतिपयले ‘नाइटो’ वरिपरि, कम्मर, पेटमा पनि खोप्ने गरेका छन् ।

ट्याटु विश्वबजारमा १५ औं शताव्दी देखि नै खोप्ने चलनमा आएको बताइन्छ । अमेरिका लगायतका युरोपियन मुलुकहरूले यसलाई प्रचलनमा ल्याएका हुन् । खासगरी सैनिकहरूलाई युद्धमा जाँदा नचिनिने बनाउनका लागि ट्याटु खोप्ने प्रचलन थियो । जुन आधुनिक विश्वमा आउँदा ख्याती प्राप्त फेसन बनिसकेको छ । तर ट्याटु खोप्ने कलाकार भने जापानले धेरै भन्दा धेरै उत्पादन गरेको बताइन्छ ।

कतिपय ट्याटु रहरमात्र नभएर अध्यात्मसँग जोडिएका सौख पनि हुने गरेका छन् । यस्तो सौखका आधारमा नै आफुले ट्याटु खोपेको त अभिनेत्री करिश्मा मानन्धरले बताउँदै आएकी छन् । उनले पनि वक्षमै टयटु खोेपेकी छन् ।

नेपालका प्रायः अभिनेत्रीले भने ‘क्लिभेज’मा देखिने गरी वक्षको वरिपरि नै खोपेका छन् । यो चलन अभिनेत्री सुष्मा कार्कीबाट सुरु भएको मान्छन् कतिपय कलाकार । कार्कीले सूर्याकारको ट्याटु खोपेकी छन् । ट्याटु मात्र नभएर कार्कीले नाइटोमा पियर्सिङ पनि गरेकी छन् ।

गायिका सरस्वती लामाको ‘वक्ष’मा खोपिएको ट्याटुले निक्कै चर्चा पायो । उनको एउटा तस्बिर सामाजिक सञ्जालदेखि अनेक ठाउँमा भाइरल पनि भयो । तर, त्यहाँ मात्र होइन उनले अन्य गोप्य ठाउँमा पनि ट्याटु खोपाएको खुलासा गरिन् । भनेकी छन्,‘ट्याटु त मैले नदेखाउने ठाउँमा पनि खोपेकी छु ।’

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको ‘वक्ष’मा खोपिएको ट्याटुको तस्बिर भाइरल भयो । यसमा उनको आलोचनामात्र भएन, प्रष्टीकरण पनि दिनुपरेको थियो । उनले ट्याटु बनाउनेले नै तस्बिर सामाजिक सञ्जालमा भाइरल पारेको बताउँदै आवेग समेत पोखेकी थिइन् ।

युवतीहरूका गोप्य अंग र आकर्षित बनाउने ठाउँमा ट्याटु बनाउने गर्छन् । कतिपयले तिघ्रा, पाखुरा, वक्ष, नाइटो, पेट वा त्यसका वरिपरि र ढाडमा समेत खोपाउने गरेका छन् । यो एक प्रकारको आइडेन्टीटी पनि बन्दो रहेछ । त्यसैले यस्तो रिक्वेस्ट आउने गरेको छ । कलाकारले मात्र होइन टिएजर्सलगायतले पनि खोप्ने गरेका छन् । सूर्य, ड्रागन, स्वतन्त्रता, बाघ, सिंह वा अनेक आकृतिका ट्याटु खोप्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...