२०७५ मा ९९ सय फिल्मको व्यापार नै ओरालो मार्गमा

केही जस्तो आए, त्यस्तै गए

Filmi bajar

काठमाडौं । नेपाली रजतपटका लागि २०७५ त्यति फलदायी वर्ष बनेन । किनभने अघिल्ला वर्षको तुलनामा चलचित्र नगरीमा लगानी ह्वात्तै बढ्यो । तर, व्यापार भने ओरालो उकालो लाग्न सकेन, क्रमस ओरालो नै लाग्यो ।

२०७५ वैशाख ७ गते प्रदर्शनमा आएको चलचित्र ‘स्वर्ग मेरो गाउँ’ देखि चैत २९ मा एकैसाथ प्रदर्शनमा आएका ए मेरो हजुर– ३ र यात्रासम्म आइपुग्दा ९९ वटा नेपाली चलचित्र हलमा आइपुगे ।

प्रदर्शनमा आएका ९९ वटा माध्ये १० प्रतिशतले मात्रै लगानी सुरक्षित गरे भे केहीले नाफा कमाए । यो वर्ष चलचित्रमा लगानी भएको आधा अर्बभन्दा धेरै लगानी डुब्यो ।

अघिल्लो वर्ष ९० वटा चलचित्र प्रदर्शन भएकोमा झन्डै ४० प्रतिशत चलचित्रले लगानी सुरक्षित गरेका थिए तर यो वर्ष चलचित्रको संख्या बढे पनि व्यापार भने चार गुणा घटेको छ । केहीले त पोस्टर प्रचारप्रसारको पैसा पनि उठाउन सकेनन् भने धेरैले ३० प्रतिशतभन्दा कम व्यापार गरे ।

भदौ ८ मा गते प्रदर्शनमा आएको ‘नाइँ नभन्नु ल– ५’ ले केही आशा जगायो । भदौ २२ मै प्रदर्शनमा आएको सुदर्शन थापा निर्देशित ‘रामकहानी’ ले केही चर्चा बटुल्यो । तर आशातित व्यापार गर्न सकेन । निकै तामधामका साथ निर्माण तथा प्रदर्शन गरिएको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ ले दर्शकको अपेक्षा पूरा गर्न सकेन ।

दसैंको छेको पारेर असोज २४ गते प्रदर्शनमा आएको दीपा श्री निरौला निर्देशित चलचित्र छक्का पञ्जा– ३ वर्षकै सर्वाधिक व्यापार गर्न सफल चलचित्र बन्यो । यो चलचित्रले लगानीको तीन गुणा बढी नाफा कमायो । चलचित्रको लगानी डेढ करोड भएको बताइएको छ ।

१२ वर्षपछि चलचित्र उद्योगमा फर्केका अशोक शर्माको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘जय भोले’ ले पनि चर्चा राम्रै पायो । जुन असोज ३० मा प्रदर्शनमा आएको थियो । चलचित्र चंगा चेटको चर्चा जति चल्यो, व्यापार सोअनुरुप भएन ।

मंसिर २१ गते प्रदशृनमा आएको ‘प्रसाद’ विषयवस्तु र प्रस्तुतिका कारण चर्चामा रह्यो । निकै ठूलो लगानीमा निर्माण भएको ‘रणवीर’ र ‘गोपी’ चलचित्रले निराश बनाए । विनोद पौडेलको निर्देशनमा बनेको चलचित्र ‘बुलबुल’ ले भने नजानिँदो पाराले चर्चासँगै पैसा पनि उठायो ।

फागुन १७ गते प्रदर्शनमा आएको भुवन केसीले निर्माण गरेको चलचित्र ‘क्याप्टेन’ले लगानी उठाए पनि अनमोलको क्रेजअनुसारको आम्दानी गर्न सकेन । वर्षको अन्त्यमा प्रदर्शनमा आएका ‘ए मेरो हजुर– ३’ र ‘यात्रा’ ले भने सकारात्मक सुरुआत गरेका छन् ।

व्यापारिक हिसाबले यो वर्ष सिक्वेल चलचित्रको वर्चस्व देखियो । छक्का पञ्जा–३, नाई नभन्नु ल– ५ र ए मेरो हजुर– ३ ले आफूलाई अग्र स्थानमा देखाए । रेखा थापाको मालिका, ऋचा शर्माको सुनकेशरी, केकी अधिकारीको कोहलपुर एक्सप्रेस, दीपशिखा खड्काको प्रेमलीला लगायतका चलचित्र बक्स अफिसमा कमजोर देखिए ।

यो वर्ष चलचित्रका केही गीत चर्चामा आए। लोकलय प्रयोग गरेर चलचित्रमा गीत राख्ने परिपाटी विकास भयो । पुराना गीतलाई रिमेक गरेर पनि केही चलचित्रमा प्रयोग भए । युट्युबमा करोड भ्यु पाउने गीत पनि निकै देखिए ।

चलचित्र ‘चंगाचेट’ को ‘गोजीमा दाम छैन’ बोलको गीतले चार करोडमाथि भ्यु पाएको छ । ‘छक्का पञ्जा–३’ मा समावेश ‘पहिलो नम्बरमा’ गीत साढे तीन करोड पटक हेरिएको छ । चलचित्र ‘रोज’ को ‘फूल होइन’ लाई दुई करोड पटक हेरिएको छ भने चलचित्र प्रसादको लोक लयमा आधारित ‘वनकी चरी’ र ‘कोहलपुर एक्सप्रेस’को ‘सीओडब्ल्यू काउ’ लाई पौने दुई करोड पटक हेरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...