पाख्रिबासका युवाले बनाए पहिलो पटक सर्ट मुभी

Teli film dkt

धनकुटा । जति दुःख गरे पनि नेपालमा काम नपाउने युवाहरुको पीडालाई समेटेर ‘देशभक्तको बिदेश यात्रा’ नामक सर्ट मुभी निर्माण भएको छ ।

समसामयिक बिषयलाई समेटेर धनकुटा खबर अनलाईनले तयार पारेको सर्ट मुभीमा अनेक हण्डर खाएपछि विदेशिन बाध्य नेपाली युवाको कथा प्रस्तुत गरिएको छ ।
देशप्रेमी मानिस जो कहिल्यै बिदेशिनु हुन्न, नेपालमा नै केहि गर्नुपर्छ भनेर समाजमा सन्देश फैलाएर हिड्ने मानिस अन्ततः ऊ आफैँ अन्य यूवा जस्तै बिदेशिन बाध्य हुने बिषय कथामा समेटिएको छ ।

बिष्णु बिक्रम निरौलाको निर्देशन र ओम प्रकाश निरौलाको लेखनमा निर्माण भएको सो ‘देशभक्तको बिदेश यात्रा’ मा मुख्य भूमिकामा निर्देशक निरौला आफैं देखा परेका छन् भने सन्जु लामिछाने, मानबहादुर राई, सुमिना बराइली र बाल कलाकारका रुपमा एविन निरौलाले अभिनय गरेका छन् ।

बुद्धिमान बराइलीको संगीत तथा अनन्त अनुराग र सुमिना बराइलीको गायन रहेको सो मुभि धनकुटाको पाख्रीबासमा छायाङ्कन गरिएको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...