झलनाथ खनाल भन्छन्, युवाहरु विदेशिनुमा नेपाली कांग्रेस जिम्मेवार छ

Jalanath khanal

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले ठूलो संख्यामा युवाहरु विदेशिनुमा नेपाली कांग्रेस जिम्मेवार रहेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले सरकारको नेतृत्वमा रहेका बेला नेपाली कांग्रेसले केही गर्न नसकेका कारण युवा जनशक्ति विदेशिन बाध्य भएको आरोप लगाएका हुन् ।

२०४६ साल यता पटक–पटक सरकारको नेतृत्व गरेको कांग्रेसले अवसर पाउँदा मुलुक र मुलुकवासीका लागि उपलब्धिमुलक काम गर्न नसकेको टिप्पणी गरे । देशका झण्डै ५० लाख भन्दा बढी युवाहरु विदेशमा जान बाध्य भइरहेका भन्दै उनले यस्तो बाध्यता नेपाली कांग्रेसले सृजना गरेको बताए ।

पछिल्लो समय पुर्वाधार निर्माण, साधन स्रोतको विकास तथा जलस्रोतको विकासका लागि योजनावद्ध ढंगले अघि बढ्ने काम भएको भन्दै उनले सरकारलाई असफल पार्न गरिएका षड्यन्त्रविरुद्ध दृढताका साथ उभिनुपर्नेमा जोड दिए ।

लोडसेडिङ गराउने तत्व सक्रिय भएको भन्ने खबर आएको भन्दै उनले त्यस किसिमको षड्यन्त्रविरुद्ध दृढताका साथ उभिन सरकार र नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरे ।

प्रतिकृया दिनुहोस