‘कालो वर्ष’ को ट्रेलर यस्तो बनेर आयो भिडियोमा हेर्नुस

Kalo barsha pastor

काठमाडौं । ‘कालो वर्ष’को ट्रेलर सार्वजनिक भएको छ। आगामी बैशाख १३ गतेबाट प्रदर्शनमा आउने फिल्मको शुक्रबार युट्युब च्यानल भिरगो टिभीमार्फत ट्रेलर सार्वजनिक गरिएको हो।

लक्षु गौतमले निर्देशन गरेको चलचित्रमा ओकेश पनेरु, अनुपा खड्का र पवन भट्टराईको मुख्य भूमिका रहेको छ। सुरेन्द्र बुढाथोकी, रश्मी शाह, रबिन भुजेल, रश्मी भट्ट, अशोक पहरी, करन साउद, डिजे सन्दीप खत्री, दिनेश सापकोटा लगायतका कलाकारको पनि अभिनय छ।

चलचित्रको कथा ओकेश पनेरुले नै लेखेका हुन्। योगेन्द्र पनेरु, राम खड्का र श्याम खड्का निर्माता रहेको चलचित्रमा खेम सारु मगरले संगीत भरेका छन्। त्यस्तै, अन्जु पन्त र विशाल निरौलाले गीतमा स्वर दिएका छन्। 

चलचित्रमा २०७२ सालमा गएको महाभूकम्प पछिको जनजीवन, बलात्कार र वैदेशिक रोजगारीमा जानेको कथा समेटिएको छ । 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...