चलचित्र ‘दाल भात तरकारी’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

Maha

काठमाडौं । चलचित्र ‘दाल भात तरकारी’ को ट्रेलर सार्वजनिक भएको छ । वैशाख २० गतेबाट रिलिज हुन लागेको  चलचित्र ‘दाल भात तरकारी’ को ट्रेलर सार्वजनिक युटुबबाट सार्वजनिक भएको हो ।

ट्रेलरमा विशेषगरी मुख्य दुई कलाकार हरिवंश आचार्य र निरुता सिंहलाई फोकस गरिएको छ । चलचित्र दाल भात तरकारी’ मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेका हुन् । चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् ।

चलचित्रको ट्रेलरमा अमेरिका जानका लागि हुने दौडधुपलाई कमेडीको माध्यमबाट उठाइएको छ । अमेरिका जानका लागि जुनसुकै हतकण्डा अपनाउन पनि पछि नपर्ने एक परिवारको कथा यो चलचित्रमा देखाइएको छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, बर्षा बस्नेत, किरण केसी, नरेन्द्र कंसकार, बसुन्धरा भुषाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा मित्र डी गुरुङको समपादन, शम्भुजित बास्कोटाको संगीत, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी, दिर्घ गुरुङको छायांकन छ ।

 

 

Video

प्रतिकृया दिनुहोस