उपलब्धिमुलक रहेन चलचित्र विकास बोर्डका लागि २०७५

Film development board

काठमाडौँ । चलचित्रको विकास र बिस्तारका लागि सञ्चालनमा ल्याइएको चलचित्र बोर्डका लागि २०७५ साल सुखद रहन सकेन । विकास बोर्डकी अध्यक्ष निकिता पौडेल रहँदा उनले आफूले जनाएका कुनै पनि प्रतिवद्धता पूरा गर्न सकिनन् ।

सञ्चारकर्मी रवि लामिछानेसँग विवाह बन्धनमा बाँधिएपछि विविध आलोचनाका कारण उनले बोर्डको अध्यक्षको जिम्मेवारीबाट समेत राजिनामा दिइन् । फलस्वरुपः केही समय बोर्ड बिना अध्यक्ष नै सञ्चालन भयो । अहिले बोर्डका लागि नयाँ अध्यक्ष केशव भट्टराईले केही समयअघिदेखि बोर्डको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

अध्यक्ष भट्टराई नियुक्त भएसँगै तत्काल बक्स अफिसको मुद्धा अगाडि बढ्यो । फलस्वरुप अब बैसाख महिनादेखि नै अफिस सञ्चालनमा आउने भएको छ । चैतमा नियुक्त भएका अध्यक्ष भट्टराईले नयाँ वर्षदेखि बोर्डको कामलाई प्रभावकारी रुपमा सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाएका छन् ।

उनी भन्छन्, ‘२०७६ सालमा हामी रोचक काम गरेर देखाउनेछौं ।’ विकास बोर्डमाथि अबका दिनमा प्रश्नचिन्ह उठ्न नदिने उनी बताउँछन् ।

प्रतिकृया दिनुहोस