दुबइमा हुने भयो धुर्मुस-सुन्तली साँझ २०७६

Dhurmus

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले चितवन भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’को लागी बिभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ ।

अर्बौँको लागानीमा बन्ने रङ्गशाला निर्माणको सहयोगको लागी  दुबइमा 'धुर्मुस सुन्तली साँझ २०७६' आयोजना हुने भएको छ । अप्रिल २६ मा चितवन समाजको संयोजनमा आयोजना हुने कार्यक्रम ग्राण्ड एक्सेलसियर होटल, बर दुबई हुने छ । 

सामाजिक संजाल फेसबुकबाट कार्यक्रमको आयोजकलाई आभार व्यक्त गर्दै दुबइमा हुने नेपालीलाई उपस्थिती जनाएर सहयोग गर्न आह्वान गरेका छन् । कार्यक्रममा धुर्मुस (सिताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) सहित गायक पुस्पन प्रधान, गायिका मेलिना राई,लगायतका अन्य चर्चित कलाकारहरुको प्रस्तुती रहनेछ ।  

प्रतिकृया दिनुहोस