चलचित्र ‘कालो वर्ष’को टिजरमा पवनको यस्तो रुप (भिडियोसहित)

Kalo

काठमाडौं । चलचित्र ‘कालो वर्ष’को टिजर सार्वजनिक भएको छ । आगामी बैशाख १३ गते प्रर्दशनमा आउने उक्त चलचित्रको  एक कार्यक्रम का बीच टिजर सार्वजनिक गरिएको हो ।

चलचित्रमा दैविक प्रकोपको कारण भोग्नु पर्दाको समस्याहरुलाई उजागर गरिएको कलाकार पवन भट्टराईले जानकारी दिए ।

लक्षु गौतमले निर्देशन गरेको चलचित्रमा ओकेश पनेरु, अनुपा खड्का र पवन भट्टराईको मुख्य भूमिका रहेको छ । चलचित्रको कथा ओकेश पनेरुले नै लेखेका हुन्। योगेन्द्र पनेरु, राम खड्का र श्याम खड्का निर्माता रहेको चलचित्रमा खेम सारु मगरले संगीत भरेका छन् ।

त्यस्तै, अन्जु पन्त र विशाल निरौलाले गीतमा स्वर दिएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...