रणवीर सिंह र आलिया भट्ट एकसाथ देखिने, कत्तिको सत्य होला ?

3 day

काठमाडौं । केही समय पहिले फिल्ममेकर करण जोहरले आफ्नो फिल्म ‘तख्त’ को स्टारकास्ट घोषणा गरेका थिए । जब यो कुरा सार्वजनिक भयो, त्यतिबेला नै रणवीर सिंह र आलिया भट्टलाई एकसाथ देखिने कुरा बाहिरिएको थियो । यो खबरले फ्यान पनि निकै उत्साहित थिए ।

भारतीय मिडियाका अनुसार यी दुवै एकअर्काको अपोजिटमा हुने छैनन् तर दुवै फिल्म कुनै न कुनै भूमिकामा फिल्ममा भने रहनेछन् । रिपोर्टसका अनुसार दुवै कलाकार यो फिल्मका लागि लक भइसकेका छन् । तर फिल्ममा यी दुईको भूमिका के हुनेछ भन्ने खुलाइएको छैन ।

समाचारका अनुसार फिल्मलाई ठूलो ब्यानरले निर्माण गर्नेछन् । यी दुईको केमेष्ट्री ‘गली ब्याइ’ मा देखिएको थियो । जुन जोडीलाई दर्शकले मन पराएका थिए ।

प्रतिकृया दिनुहोस