मेरि बास्सैबाट अलग्गिएका राजु मास्टरले गोलमालले लिएर आए (भिडियोसहित)

O1qitf0f0umiheawtuxs

काठमाडौँ । नेपाल टेलिभिजनबाट प्रशारित मेरी बास्सै बाट अलग भएपछी उक्त सिरियलका लोकप्रिय कलाकार, लेखक तथा निर्देशक राजु मास्टर उर्फ राजु पौडेल नेपाल टेलिभिजन कै अर्को चर्चित कमेडी सिरियल (गोलमाल) को लेखक तथा निर्देशकका रुपमा आएका छन ।

उनले आफ्नै च्यानल मास्टर टिभी का लागी निर्माण गर्दै आएको अर्को हाँस्य श्रृखँला WHAT (व्हाट) लाई नियमित गर्दै भाईब्स कृयसनको ब्यानरमा निर्माण हुँदै आएको प्रत्येक शुक्रबार साँझ ७:०० बजे नेपाल टेलिभिजन बाट प्रशारण भाईरहेको उक्त सिरियलको आज प्रशारण हुने भाग – ५३ बाट राजु मास्टर को लेखन तथा निर्देशन थालेका हुन् ।

सार्वजनिक शृखला भने ५४ औँ हो । बिगत एक बर्ष बाट निरन्तर प्रशारण हुँदै आईरहेको हाँस्य श्रृखँला (गोलमाल) हाल नेपाल टेलिभिजनमा निकै लोकप्रिय बन्दै गैरहेको छ​।

 

 

प्रतिकृया दिनुहोस