प्रहरीलाई घुस दिन खोजे माइक्रो चालक पक्राउ

Pakrau

काठमाडौं । सितापाइलामा माइक्रो चालकले प्रहरीलाई घुस दिन खोजेका छन् । सितापाईलामा ड्युटीमा खटिएको प्रहरीलाई ५ सय रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोज्ने बा.१ ज ७५७८ नम्बरको माईक्रबसको चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ फिदिङ–५ घर भएका ३५ वर्षीय ङनबहादुर थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।महानगरीय प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीको कागजपत्र दुरुस्त नभएकोले कारवाही गर्न खोज्दा चालक थापाले उक्त रकम दिएर प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...