भीमफेदी क्षेत्रीय कारागारमा कैदीबन्दीबीच झडप, सुरक्षा व्यवस्था पारियो कडा

Bhimfedi karagar

काठमाडौं । मकवानपुरको भीमफेदीमा रहेको क्षेत्रीय कारागारमा कैदीबन्दीहरुबीच झडप भएको छ । कारागारमा ९ सय जनाभन्दा बढी कैदीबन्दी रहेका छन् ।

बिहानैबाट कारागारमा रहेका दुई पक्षमा विभाजित कैदीबन्दीबीच विवाद भएको थियो । आइतबार बिहान कैदीबन्दीबीच झडप भए पनि कारगार प्रशाषनले गोप्य राख्ने प्रयास गरिरहेको छ ।

विवादकै बीच कैदीबन्दीबीच हातहालाहालको अवस्था सिर्जना भएपछि कारागारको सुरक्षा व्यवस्था कडा पारिएको छ । जिप्रका मकवानपुरका प्रहरी प्रवक्ता (डीएसपी) यज्ञप्रसाद भट्टराईका अनुसार प्रहरीले घटनालाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

झडप हुनुको कारण र झडपमा कैदीबन्दी घाइते भए नभएको खुलाएको छैन । अहिले कारागार सुरक्षाका लागि जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...