बारा पर्साका हावाहुरी प्रभावितका लागि राहत संकलन हुने क्रम जारी

मुख्यमन्त्री राहत कोषमा ४ करोड संकलन

Sad

काठमाडौं । प्रदेश २ सरकारले स्थापना गरेको मुख्यमन्त्री राहत कोषमा हिजो सम्म झण्डै चार करोड रुपैयाँ संकलन भएको छ । गत आइतबार साँझ आएको बिनाशकारी हावा हुण्डरीमा क्षतिग्रस्त बनेका गाउँहरुका प्रभावित बासिन्दाहरुको सयोगका लागि उक्त सहयोग रकम संकलन गरिएको हो ।

बिनाशकारी हावा हुण्डरीमा मानवीय क्षति भएको परिवारलाई सहयोग, घाइतेहरुको स्वाथ्य उपचार र भौतिक क्षतिको पुर्ननिर्माणमा ठूलो लगानीको आवश्यक्ता महसुश गरिएको छ । प्रदेश ३, ५ र कर्णालीका सरकारले एक करोड रुपैयाँको दरले मुख्यमन्त्री राहत कोषमा सहयोग उपलब्ध गराउने निश्चित गरेका छन् ।

अरु बिभिन्न संघ संस्थाले पनि सहयोग दिने घोषणा गरेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव दीपक यादवले जानकारी दिए । ‘घोषणा गरिएका सहयोग रकम मुख्यमन्त्री राहत कोषमा आउने क्रम जारी छ,’ यादवले भने, ‘प्रदेश सरकारहरुको सहयोग रकमसँगै अन्य दाताहरुबाट उठेका एक करोड ११ लाख रुपैयाँ भन्दा बढी रकम पनि प्रप्त भएको छ ।’


हावाहुरीबाट प्रभावितहरुको घर निर्माणका लागि संघीय सरकारले नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेको छ । मुख्यमन्त्री राहत कोषमा जम्मा भएको रकम पीडितहरुको घर निर्माणका लागि सेनालाई दिइने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...