बाराको फेटामा आजै सुधारिएको चुल्हो वितरण गरिने

Feta

काठमाडौं । बारामा रहेका हावाहुरी प्रभावितहरुलाई खानाको समस्या भएपछि फेटा गाउँपालिकाले चुलो ब्यवस्थापन गर्ने भएको छ । आज हावाहुरी प्रभावितहरुलाई गाउँपालिकाले आज सुधारिएको चुलो र सोलार किट वितरण गर्ने भएको छ ।

हिजो विहानदेखि सामुहिक मेस बन्द हुँदा चिउरा, चाउँचाउँको भरमा रहेका प्रभावितलाई केही बेर पछि नै सुधारिएको चुलो र सोलार किट वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले जानकारी दिए । गाउँपालिकाले पाँच सय घरधुरीलाई नै सुधारिएको चुल्हो र सोलार किट वितरण गर्नेछ ।

प्रभावितहरुलाई विभिन्न संघसंस्था र सरकारले राहत चामल दाल लगाएतका खाद्यान्न वितरण गरेपनि पकाउने भाडाँ र चुलो नहुँदा उनीहरु समस्यामा परेका छन् । खाना खान नपाउँदा विशेषगरी गर्भवति महिला बालबालिका र जेष्ठ नागरिहरु समस्यामा परेका छन् ।

कार्ड पाएका प्रभावितले मात्र चल्हो र सोलार पाउने भएकाले कार्ड लिएर आउन गाउँपालिकाले आग्रह गरेको छ । त्यस्तै वर्षा र हावाहुरीका कारण त्रीपालमा बस्न समस्या भएको भन्दै गाउँपालिकाले छिट्टै नै जस्तापाता वितरण गरी अस्थाई टहरा निर्माण गर्न पहल गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...