प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा ७४ लाख जम्मा

Bara hawahuri

बारा । गत आइतबार बारा - पर्सामा आएको विनाशकारी आँधीपीडितका लागि सहयोग संकलन गर्न प्रदेश २ सरकारले सञ्चालनमा ल्याएको मुख्यमन्त्री राहत कोषमा करीब ७४ लाख रुपैयाँ जम्मा भएको राहत तथा उद्धार व्यवस्थापन समितिले जनाएको छ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री समेत रहेको संयोजक ज्ञानेन्द्र कुमार यादवले चैत १७ गते खाता खुलेयता ७३ लाख ५४ हजार ३ सय ३० रुपैयाँ जम्मा भएको जानकारी दिए।

चैत १८ गते देखि चालु भएको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १२२०५०३०००००० मा सो दिन १ लाख १० हजार ६ सय ६२ रुपैयाँ, १९ गते ४ लाख ५ हजार ६ सय ६८ रुपैयाँ र २० गते ८ लाख १९ हजार रुपैयाँ, २१ गते १४ लाख र २२ गते ४६ लाख १९ हजार रुपैयाँ जम्मा भएको छ।

प्रदेश २ सरकारले बारा–पर्सामा विनासकारी हावाहुरीमा परि मृत्यु भएका परिवारलाई ३ लाख रुपैयाँको दरले क्षतिपूर्ति दिने घोषणा गरेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...