'नेपाल आइडल' दोश्रो संस्करणका कलाकारले अमेरिकामा सांगीतिक कार्यक्रम गर्ने

Idel

काठमाडाैं । बहुचर्चित चर्चित रियालिटी शाे 'नेपाल आइडल' दोश्रो संस्करणका विजेता तथा अन्य प्रतिष्पर्धीकाे अमेरिकामा सांगीतिक कार्यक्रम हुने भएकाे छ। कार्यक्रममा नेपाल आइडलका विजेता रवि ओड तथा टप टेन फाइनलिस्टमध्येका बिक्रम बराल तथा सुमित पाठककाे समभागिता रहनेछ।

मे ११ का दिन साँझ ७ बजे डालसस्थित ट्रिनिटी मिल्स रोड, करोलटन टेक्सासमा हुने साे कार्यक्रमाई 'नेपाल आइडल– टेक्सास टुर २०१९' नाम दिइएकाे छ। नेपाल आइडलकी प्रस्ताेता तथा लोकप्रिय नायिका रिमा विश्वकर्माले शाेको सञ्चालन गर्नेछिन्।

बाेधी एचडी तथा ८८४८ मिडिया हाउसले आयाेजना गरेकाे साे कार्यक्रम डालससहित ३ सहरमा आयाेजना हुनेछ। नेपाली कार्यक्रम सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (युलेस) मन्दिर तथा बौद्ध गुम्बा निर्माणको सहयोगार्थ हुने बाेधी एचडीका अध्यक्ष पासाङ लामाले बताए।

डालसको साङ्गीतिक कार्यक्रमपछि १७ मेमा टेक्सासको हस्टन तथा १८ मेमा टेक्सासकै अस्टिनमा तेश्रो शो हुनेछ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...