आइतबार पनि मौसम खराब हुने

Weather change

काठमाडौं । केही दिनयता नपालको मौसममा खराबी आएको छ । दिनहुँ मेघ गर्जनसहित पानी परिरहेको छ भने हावाहुरी पनि चलिलरहेको छ । शनिबार देशका धेरै ठाउँको मौसम बदली भएको छ ।

नेपाल नजिकै बनेको न्यूनचापीय रेखा, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले शनिबार बिहानदेखि नै देशभरको मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चलेको थियो । यो क्रम आयतबार पनि जारी रहने छ ।

आइतबार मध्य र पश्चिमको तुलनामा पूर्वको मौसम धेरै बदली हुनेछ । हावाहुरी र चट्याङ पनि पर्नेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार मध्य र पश्चिमको तुलनामा पूर्वको मौसम धेरै बदली हुनेछ । हावाहुरी र चट्याङ पनि पर्नेछ ।

प्रिमनसुनमा दिउँसोपछि बदली भई मेघगर्जन र हुवाहुरी चल्ने भए पनि केहीदिनयता नेपाल नजिकै बनेको न्यूनचापीय रेखा, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले देशभरी कै मौसम बदली गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अनुसार यसकै प्रभावले अहिले पनि धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको छ । अहिले मौसम खराब भए पनि अब केहीबेर पछि काठमाडौंसहित मध्य र पश्चिमको धेरै ठाउँमा घाम लाग्ने अनुमान छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...