बाबुराम भट्टराई भन्छन्, सत्तारुढ दल ‘हिङ बाँधेको टालो’ हो

Dr.baburam vattarai butwal

बुटवल । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेकपाको सत्तारुढ नेकपालाई ‘हिङ बाँधेको टालो’को संज्ञा दिएका छन् । डा. भट्टराईले वर्तमान सरकारबाट जनताले कुनै अधिकार नपाउने दावी पनि गरे ।

नयाँ शक्ति पार्टी सिद्धार्थनगर कमिटीले शनिबार भैरहवामा गरेको कार्यक्रममा बोल्दै उनले छोटो अवधिमै केही नेताहरु रातारात अर्बपति भएको आरोप लगाए । ‘अहिले राजनीतिक दलहरुका नेताहरु रातारात धनी बन्ने खेलमा लागेका छन्’ उनले भने ‘यही अवस्था रही रहेसम्म यो क्रम रोकिँदैन र जनताले धनी बन्न पनि पाउँदैनन् ।’

देशमा दिगो शान्ति र विकासका लागि पनि सबैलाई अधिकार दिनुपर्ने भन्दै डा. भट्टराईले केही नेपाली नेताहरु रातारात अर्बपति हुने खेलमा लागेको आरोप लगाए । शनिबार नै बुटवलमा मगर राष्ट्रिय परिषद् नेपालको दोस्रो संघीय भेला उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले संविधानले दिन नसकेका अधिकार प्राप्तिका लागि शान्तिपूर्ण जनआन्दोलन गर्नुपर्ने बताए ।

नयाँ संविधानले महिला, दलित, जनजातिलाई उपेक्षा गरेको उनको भनाइ छ । नेकपाको वर्तमान सरकारबाट जनताले कुनै अधिकार नपाउने उनले दाबी गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...