विचल्लीमा हावाहुरीपीडित, आकासमा बादल देख्दा डराउँछन् पीडित

Bata tent

काठमाडौं । गत आइतबार आएको विनासकारी हावाहुरीले बारा र पर्साका सयौंलाई पीडित बनाएको छ । अझ त्यति नै पीडित केही दिनदेखि परिरहेको वर्षाले बनाएको छ । हावाहुरीसँगै असिनापानी परेपछि बारा, पर्साका हुरीपीडितको झन् विचल्ली भएको छ ।

पानी, असिनाका कारण राहत वितरण प्रभावित भएको छ । पीडितहरु ओत लाग्ने ठाउँको खोजीमा भौतारिरहेका छन् । हावाहुरी क्षेत्रमा पानी परेपछिको हावाहुरी पीडितको जनजीवन प्रभावित बनेको छ ।

गत आइतबार रातिको हुरीबतासका कारण बारा र पर्साका २९ जनाको मृत्यु भएको थियो भने करिब ६ सय घाइते र दुई हजार जति घरमा क्षति पुगेको थियो ।

सो हावाहुरीका कारण करिब १ हजार पूर्ण र बाँकी अर्धक्षति पुगेको थियो । स्थानीय प्रशासन र विभिन्न संघ संस्थाको पहलमा झन्डै ६ सय टेन्ट पुगेको छ । तर, केही स्थानमा खेतमै टेन्ट हालिएकोले डुबानको समस्या आएको छ ।

भुमरीसहितको हावाहुरीले मच्चाएको वितण्डापछि घरबारविहीन बनेका बाराका पीडित आकाशमा कालो बादल देख्नेबित्तिकै तर्सिन थालेका छन्  । आइतबार पनि सुरुमा कालो बादल लागेको थियो  ।

अर्कोतिर प्रभावित क्षेत्रमा दिनहुँ सानो आकारको भुमरी उठ्ने गरेको छ । भुमरीले धूलो र पातपतिंगर, प्लास्टिकका झोला लगायतका सामग्री उडाउन थालेको दृश्यले पनि स्थानीयलाई झस्काउने गरेको छ । यस्ता साना भुमरी पुरैनिया लगायतका गाउँमा उठ्ने गरेको स्थानीय बताउँछन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...