अचानक स्थगित भयो प्रधानमन्त्रीको बराह क्षेत्र जाने कार्यक्रम

Kp oli sharma pm

काठमाडौ । मौसममा आएको खराबीका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको सुनसरीको चतराधाम जाने कार्यक्रम स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली बराह क्षेत्रमा रहेको चतराधाममा शनिबारदेखि हुने अर्धकुम्भ मेलाको उद्घाटनका लागि जाने कार्यक्रम थियो । तर मौसममा आएको खराबीका कारण प्रधानमन्त्रीको चतरा भ्रमण स्थगित भएको उनको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीसहित उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल पनि चतरा जाने कार्यक्रम थियो । रक्षा मन्त्री पोखरेल पनि नजाने भएका छन् । चतराधाममा शनिबारदेखि दोस्रो अर्धकुम्भ मेला सुरु हुँदैछ ।

प्रधानमन्त्री ओलीले आफू जान नपाएपछि लिखित सन्देश पठाएको उनको निजी सचिवालयले जनाएको छ । नेपालका प्रथम जगद्गुरु अनन्त श्री विभुषित बालसन्त मोहनशरण देवाचार्यले संकल्प गरि महास्नानको सुरुवात गर्ने तयारी छ ।

मेलाको प्रदेश एकका मुख्य मन्त्री शेरधन राईले उद्घाटन गर्ने तयारी भएको छ । मेलामा नेपालसहित भारत, बर्मा, भुटान, अमेरिका, बेलायतसहितका देशबाट भक्तजन आउने छन् । मेलामा स्नान गर्नाले एक लाखपटक पृथ्वीको परिक्रमा गरे बराबरको पूण्य मिल्ने विश्वास छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...