एलपी ग्यासको उपभोक्ता मूल्य हाललाई वृद्धि नहुने

Lp gas

काठमाडौ । एलपी ग्यासको उपभोक्ता मूल्य हाललाई वृद्धि नहुने भएको छ। नेपाल आयल निगमको शुक्रबार बसेको बैठकले मूल्य नबढाउने निर्णय गरेको हो। चैत्र १७ गते गठित निगमको उपसमितिले उद्योगी व्यवसायीका मागका आधारमा अध्ययन गरी सुझाव सहितको प्रतिवेदन १५ दिनभित्र पेस गर्ने निर्णय गरेको थियो।

सोही प्रतिवेदन बमोजिम निगमको सञ्चालक समितिले ग्यास उद्योगीहरूको खर्च, नाफा कमिशन तथा अन्य खर्चहरू बढाउने र बैंक ग्यारेन्टीबाट पिडिओ उठाउने मागको सम्बोधन गरेको थियो।

सोही कारण एलपी ग्यासको मूल्य वृद्धि नगरिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए।  पछिल्लो पटक इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ १० पैसाा दरले वृद्धि भएको र एलपीमा प्रतिसिलिण्डर ७१ रुपैयाँका दरले वृद्धि भएको थियो।

‘स्वचालित मूल्य प्रणालीअनुसार मूल्य वृद्धि गर्नुपर्ने अवस्था रहेता पनि तत्कालयको मूल्य यथावत् राखिएको छ,’ कार्यकारी निर्देशक पौडेलले भने। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...