अधिकांस स्थानमा बर्षा, सोमबारसम्म मौसममा सुधार नआउने संकेत

Water

काठमाडौं । शनिबार बिहानैदेखि काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ । हावाहुरी पनि चलिरहेको छ । यो क्रम सोमबारसम्म जारी रहने छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार काठमाडौं उपत्यकासहित देशको अधिकांस भूभागहरुमा सामान्यदेखि पूर्णतया बदली रहने जनाएको छ । देशभरको मौसम सामान्यतया बदली हुनुका साथै काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि अध्यारो हुने गरि पानी परिरहेकोछ ।

मेघ गर्जनसहित पानी पर्ने खेलाको मौसमी प्रणालीका कारण विशेष गरि काठमाडौँ उपत्यका र आसपासको क्षेत्रमा बढि प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहारमा बनेको न्यून चापियन क्षेत्र र पश्चिमी वायुको प्रभावका कारण विशेष गरि काठमाडौँ उपत्यका र पूर्वका क्षेत्र तथा आसपासका पश्चिमी क्षेत्रमा पनि बिहानैदेखि कालो बादलसहित मेघ जर्गन भएको छ । यस्तै देशभरको मौसम पनि सामान्यतया बदलीको अवस्थामा छ । दिनभरजसो नै मेघ जर्गनसहित पानी पर्ने सम्भावना रहेको छ ।

विशेष गरि तराईको क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । दिनभरि जस्तो नै बदली, वर्षा र हावाहुरीको अवस्था रहने जनाइएको छ । केही दिन मौसम यस्तै हुनेछ ।

देशका केहि स्थानहरुमा मेघ गर्जन हुने र चट्याङ पर्ने महाशाखाले जनाएको छ । उच्च हिमाली भूभागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । तराइका भूभागहरुमा हुरि बतास चल्ने सम्भावना छ । महाशाखाका अनुसार सोमबारसम्म देशभरकै मौसम बदली भइरहने छ ।

दआइतबार पनि देशभरका धेरैजसो भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भूभागका थोरै स्थानमा, पश्चिमी भुभागका १/२ स्थानहरुमा मेघ गर्जनसहित वर्षाको संभावना देखिन्छ । सोमबार पनि देशभरका धेरैजसो भूभागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...