२० हजार कर्मचारी भर्नाका लागि लोकसेवा आयोग खुल्ने

Lok sewa aayog

पर्सा । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकार चाँडै २० हजार कर्मचारी भर्नाका लागि लोकसेवा आयोग खुला गर्ने तयारीमा रहेको बताएका छन् ।

कर्मचारी समायोजन समाप्त भएपछि मुलुकमा कर्मचारीको ठूलो अभाव देखिएकाले पहिलो चरणमा लोक सेवामार्फत उक्त परिमाणमा कर्मचारी भर्ना गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

नेपाल प्रजापति (कुम्भकार) सङ्घको वीरगञ्जमा आयोजित सातौँ राष्ट्रिय महाधिवेशको उद्घाटन गर्दै मन्त्री पण्डितले सरकारले कर्मचारी भर्नाका लागि खुला गर्न लागेको लोक सेवा आयोग परीक्षाको तयारीमा जुट्न युवालाई आह्वानसमेत गरे । 

उनले मुलुकमा रहेको गरीबी, अशिक्षा र पछौटेपना अन्त्य गर्न सरकार प्रयासरत रहेको र यसका लागि विभिन्न योजना सञ्चालनमा ल्याएको बताए । तराई–मधेश समृद्धि आयोजनामार्फत पूर्वाधारको विकासमा सरकार लागेको र बेरोजगार युवालाई भत्तासमेत वितरण गर्ने नीति लिएको उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...