एसईईमा चिट चोर्ने तीन विद्यार्थी निस्कासित

See

सिरहा । सिरहाको चन्द्र माध्यमिक विद्यालय सेन्टरमा चिट चोर्ने तीन विद्यार्थी निस्कासित भएका छन् । विज्ञान विषयको परीक्षामा सहभागी तीन विद्यार्थी चिट चोरेपछि उनीरुहरुको परीक्षा समेत रद्ध गरिएको छ ।

परीक्षा केन्द्रमा परीक्षा दिईरहेको विद्यार्थीबाट चिठ र गेसपेपरहरु फेला परेकाले उनीहरुको आजको विषयको परीक्षा रद्ध गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

 

स्थगित भएर सुरु भएको आजको परीक्षा अ‍ेक्षाकृत शान्तिपूर्वक सम्पन्न भएको जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेयले जानकारी दिए ।  यसैबीच आजबाट सुरु भएको एसईई परीक्षामा अनुगमनमा पुगेका पत्रकारहरुलाई परीक्षा केन्द्र प्रवेशमा रोक लगाएको छ ।

 

परीक्षा केन्द्रमा अनुगमनको नाममा मानिसहरु धेरै जाने भएकोले परीक्षा केन्द्रमा पत्रकार जानकाबाट रोक लागाएको जिल्ला शिक्षा अधिकारी पाण्डेले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...