चलचित्र सानो मनको ‘रानु कम्मर’ मा आयुष्मान र शिल्पा एकसाथ देखिए

Sano man

काठमाडौं । यतिबेला छायांकनमा रहेको नेपाली चलचित्र “सानो मन”को एक गीतको भिडियोलाई बलीउडका कोरियोग्राफर साजन सिंहले निर्देशन गरेका छन् । रोमन बज्राचार्य, सुयोग गुरुङ्ग र सिमा राईको स्वरमा रहेको ‘रानु कम्मर’ बोलको पार्टी गीतमा चलचित्रका मूख्य कलाकारद्वय आयुष्मान देशराज जोशी र शिल्पा मास्केले नृत्य गरेका छन् ।

साजन बलीउड सुपरस्टार सलमान खानका “पर्सनल डान्स ट्रेनर” समेत हुन् । बलीउडका प्रख्यात कोरियोग्राफर रेमो डिसुजासँग आठ बर्षसम्म काम गरेका साजनले अहिले भने आफैले कोरियोग्राफी गर्दै आएका छन् । साजनले बलीउडका चर्चित चलचित्रहरु “एबिसिडी” र “एबिसिडी २”मा अभिनय तथा सहायक नृत्य निर्देशन गरेका थिए । उनले डान्स इण्डिया डान्सको दुई सिजनमा सहभागिता जनाएका थिए । साजनका सहयोगी आशिष बशिष्ठ पनि छायांकनको बेला नेपाल आएका थिए । आशिष “डान्स इण्डिया डान्स सिजन ५” मा उत्कृष्ट चारसम्म पुग्न सफल भएका थिए । गीतको छायांकन राजधानीको एक रिसोर्टमा भएको हो ।

म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने “सानो मन” छायांकनको अन्तिम चरणमा रहेको छ । काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने चलचित्रका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन् । चलचित्र ओ.पि.जी. फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरको तल बन्नेछ । गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ ।

समिर सुनवार र निर्देशक गुरुङको लेखनमा चलचित्र बनिरहेको छ । आलोक शुक्लाले छायांकन गरिरहेका छन् । चलचित्रमा मनिष राईको कस्ट्युम रहेको छ भने प्रोडक्सन डिजाईनर यम प्रसाद ओली हुन् । रित बोहरा चलचित्रका मूख्य सहायक निर्देशक हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...