आयंकाको ‘अर्को जुनी, खै कुन्नी' युट्युव ट्रेन्डिङ १ नम्बरमा (भिडियोसहित)

Aayankaaaaakkk

काठमाडौं।  इन्गेजमेन्ट भएको लामो समय भइसक्दा पनि प्रियंका कार्की र आयुष्मान देसराज विवाह बन्धनमा भने बाँधिएका छैनन्।

उनीहरुको वैवाहिक सम्बन्ध हेर्न इच्छुक फ्यान फलोवर्सका लागि यो पर्खाइ कहिलेसम्म हो त्यो पनि थाहा छैन। तर प्रियंका र आयुष्मानका बेलाबेलामा सार्वजनिक हुँदै आएका अनस्क्रिन रोमान्सले भने नेपाली मनोञ्जनको क्षेत्र तातिने गरेको छ। समाजिक सञ्जालमा सार्वजनिक हुने विभिन्न तस्बिरहरुले पनि बेलाबेला राम्रै चर्चा पाउने गरेका छन्।

यसैक्रममा प्रियंका र आयुष्मान दुलाहा–दुलहीको भूमिकामा रहेको एक म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘अर्को जुनी, खै कुन्नी ।’ बोलको गीतमा प्रियंका र आयुष्मानको प्रेम र विवाहका दृष्यहरु देख्न सकिन्छ। यसरी स्क्रिनमा बेलबेला विवाह गरिरहने यो जोडीको वास्तविक विवाह चाँहि कहिले हुने हो? सबैको पर्खाइको विषय हो। 

जे भए पनि गायक सरोज ओली र गायिक मेलिना राईको  स्वर रहेको यस गीतमा प्रियंका र अयुष्मानको वैवाहिक जोडी भने मज्जाले सुहाएको छ। गीतमा  दिनेश थपलियाको शब्द, दीपक शर्माको संगीत तथा उदयराज पौडेलको संगीत संयोजन सुन्न सकिन्छ।

गीतको भिडियोलाई कविराज गहतराजको निर्देशन तथा सञ्जय लामाको छायांकन गरेका हुन्। 

 
 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...