विभागले पठायो आँधी प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स

Water ambulance

काठमाडौं । बारा र पर्सामा आइतबार आएको विनाशकारी हावाहुरी आँधी प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागले पिउने पानी शुद्धीकरणका लागि पानी परीक्षण घुम्ती सेवा अर्थात् पानी (वाटर) एम्बुलेन्स पठाएको छ ।

पानी शुद्धीकरण गर्ने पियुष, एक्वा ट्याब र ब्लिचिङ पाउडर लगायतका सामाग्रीहरु बोकेर विभाग र खानेपानी डिभिजन कार्यालय ईटहरीबाट वाटर एम्बुलेन्स प्रभावित क्षेत्रमा गएको छ । पानी परीक्षण विशेषज्ञ किशोर पाण्डेको नेतृत्वमा टोली हावाहुरी प्रभावित क्षेत्रमा गएको छ ।

विशेषगरी तराईमा चापाकलको मद्दतले भूमिगत पानीका स्रोतबाट पानी पिउने भएकाले स्थलगत रुपमै पानीको गुणस्तर जाँची पिउन हुने या नहुने भन्ने कुरा वाटर एम्बुलेन्सबाट थाहा हुन्छ । वाटर एम्बुलेन्समा आधुनिक प्रविधिको ल्याब जडान गरिएको हुन्छ । उक्त ल्याबको माध्यमबाट पानीको गुणस्तर जाँच गरिन्छ ।

हावाहुरी आँधीले क्षति पु(याएको बस्तीमा पानीका कारण रोगव्याधिको प्रकोप फैलिन नदिन खानेपानी मन्त्रालयको निर्देशन अनुसार विभागले पानी शुद्धीकरण गर्ने आधुनिक उपकरण सहितको वाटर एम्बुलेन्स त्यसतर्फ पठाएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...