हावाहुरीको बबण्डर : २७ मध्ये २५ जनाको सनाखत, ३४३ जनाको उपचार हुँदै

Hawahuri bara 18 1

काठमाडौं । आइतबार राती आएको भीषण हावाहुरीका कारण ज्यान गुमाएका २७ जनामध्ये २५ जनाको सनाखत भएको छ । बारा र पर्सामा आइतबार राति आएको हावाहरीले ५ बालबालिकाका साथै १२ जना पुरुष र १० जना महिलाका मृत्यु भएको पुष्टि भएको छ ।

बारा र पर्साका ७ वटा सरकारी तथा निजी स्वास्थ्य संस्थामा घाइतेहरुको उपचार भइरहेको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार ज्यान गुमाउनेको सुची पनि सार्वजनि गरेको छ ।

घाइतेको उपचार हुँदै
वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ११६, नेशनल मेडिकल कलेज वीरगञ्जमा १००, गण्डक अस्पताल वीरगञ्जमा २८, वीरगञ्ज हेल्थकेयरमा ३९, एड्भान्स अस्पताल वीरगञ्जमा २०, कलैया अस्पतालमा ३८ र तराई अस्पताल वीरगञ्जमा २ जना गरी ३४३ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

हावाहुरीका कारण वीरगञ्ज महानगरपालिका १२ गण्डक नजिकै बिजुलीको पोल ढल्दा हेटौँडाबाट वीरगञ्ज गइरहेको ना ६ ख ९३६० नम्बरको बसमा पर्न जाँदा १ जनाको ज्यान जानुका साथै ५ जना घाइते भएको पनि मन्त्रालयले जनाएको छ । बारामा भने घर भत्कँदा मृत्यु र घाइते भएको पनि जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...