हावाहुरीले गरेको जनधनको क्षतिप्रति राजनीतिक दलहरुद्धारा दुःख व्यक्त

Hawahuri bara 18 1

काठमाडौं । आइतबार साँझ आँधीबेरीबाट बारा, पर्सालगायत तराईका जिल्लाहरुमा जनधनको ठूलो क्षति भएकोमा विभिन्न राजनीतिक दलहरुले दुःख व्यक्त गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बारा र पर्सामा भएको घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धारमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । घाइतेको उद्धार र राहत तत्काल उपलब्ध गराउन सकारसँग सभापति देउवाको माग छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्राकृतिक विपदबाट ज्यान गुमाएका पीडित परिवारलाई सहयोग र घाईतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘राहत कार्यमा जुट्न, घाइतेहरुका लागि रगतको अभाव हुन नदिन रक्त संकलन गर्न राप्रपाका सदस्यहरूलाई आव्हान गर्दछौं । पीडित परिवारमा समवेदना र घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’

त्यसैगरी विवेकशील साझा पार्टीले सोमबार बिहानै प्रेस वक्तव्य जारी गर्दै बारा र पर्साको आँधीबेहरीमा परेर घाइते बनेकाहरुका लागि रगतको अभाव भएको भन्दै तत्काल रक्तदान गर्न सबैमा आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...