हावाहुरीबाट भएको धनजनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्रले गरे दुःख व्यक्त

Gyanendra shaha

काठमाडौं । आइतबार राति भएको हावाहुरीबाट भएको धनजनको क्षति प्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन् ।

पूर्वराजा शाहले सोमबार विहान एक समवेदना सन्देश जारी गर्दै आइतबार साँझ आएको हावाहुरीबाट भएको जनधनको क्षति भएको दुखद खबरले स्तब्ध भएको बताएका छन् ।

उनले सन्देश भनिएको छ, ‘प्राकृतिक बिपदको घडीमा दिवंगत आत्माप्रति श्रद्धाभाव राख्दै पिडीत जनहरूमा समबेदना प्रकट गर्दछु । साथै घाईतेहरूको शीध्र स्वास्थलाभको कामना पनि गर्दछु ।’

उनी केही दिनदेखि पूर्वी नेपालको भ्रमणमा छन् । उनले पूर्वी नेपालबाटै सन्देश जारी गर्दै सो घटनाले आफुलाई अत्यन्तै मर्माहित बनाएको उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...