हावाहुरीको बबण्डर : शोकमा डुब्यो गाउँ, पुरइनियाँमा एकै घरका ४ सहित ११ जनाको मृत्यु

Hawahuri prabhab

बारा । आइतबार साँझ आएको हावाहुरीले बारा र पर्सामा जनधनको ठूलो क्षति गरेको छ । साँझ ७ बजे गएको हावाहुरीले अहिलेसम्म ३१ जनाको मृत्यु र सयौं घाइते भएका छन् ।

घरको छानो, पर्खाल, विद्युतको पोलमा क्षति पुर्‍याएको छ । बारासँग भारतीय सिमाना जोडिएको सुवर्ण गाउँपालिका र फेटा गाउँपालिकामा व्यापक क्षति भएको छ ।

हावाहुरीबाट सबैभन्दा बढी क्षति फेटा गाउँपालिका ६ पुरइनियाँमा भएको छ । सो गाउँमा एकै परिवारका ४ जनासहित ११ जनाको मृत्यु भएको छ । इजहार मिया अंसारीकी श्रीमती मीना खातुन, बुहारी सतिमा खातुन र उनका दुई नातीनी सम्चिदा खातुन र रुक्सार खातुनको मृत्यु भएको हो । यस गाउँमा अहिले सुरक्षाकर्मीहरु भग्नावशेष पन्छाइरहेका छन् ।

बाराको फेटा गाउँपालिकाको पुरैनिया र भरवलीया, कलैया उपमहानगरपालिकाको धर्मनगर, सुवर्ण गाउँपालिकाको हर्दिया, पचरौता नगरपालिकाका विभिन्न ठाउँ, महागढीमाई नगरपालिकाको तेलकुवा लगायत ठाउँमा हावाहुरीले बढी क्षति पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...