चैतभित्रै जापान शाखाको स्थापना हुने, कामदार कसरी पठाउने भन्ने टुंगो लाग्न बाँकी

Japan 18

काठमाडौं । जापानसँग नेपाली कामदार पठाउने सम्झौतापछि नेपाली युवामा थप उर्जा थपिएको छ । जापानको लागि रोजगारीको अवसर खुल्ला भए पनि हालसम्म कामदार कसरी पठाउने भन्ने अझै टुंगो लाग्न सकेको छैन ।

नेपाली कामदारलाई जापानमा पठाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लामो गृहकार्य गरेपश्चात यही चैत ११ गते मात्र कामदारलाई पठाउन जीटुजी (सरकार सरकारबीचको सम्झौता) मार्फत पठाउन दुवै देशले हस्ताक्षर गरेका थिए । पहिले वैदेशिक अध्ययनका लागि मात्र जापान जाने प्रवृत्तिबाट परिस्कृत भई यसले रोजगारीका लागि नयाँ ढोका खुल्ला गरिदिएको छ भने अर्कोतिर कार्यान्वयन नै नहुने पो हो कि भन्ने आशंका पनि पैदा गरिदिएको छ ।

पहिले विभिन्न देशमा श्रमिकहरु पठाउने काम मेनपावर कम्पनीहरुले गर्दै आएका थिए । तर निष्पक्ष र भरपर्दो रुपमा कामदारलाई पठाउन सरकारले नै तयारी गरिरहँदा पछि यसबाट थप चुनौति पो थपिने हो कि प्रश्न पनि बढिरहेको छ । कामदारलाई कसरी पठाउने, के के प्रावधानहरु राख्ने भन्ने टुंगो जापान शाखाको स्थापनापछि मात्र हुने मन्त्रालयका सह सचिव तथा प्रवक्ता डा. नारायण रेग्मी बताउँछन् ।

उनी भन्छन्, ‘यही चैत मसान्तभित्रै जापान शाखाको स्थापनाको काम हुन्छ, त्यसपछि मात्र जापान पठाउने प्रक्रिया सुरु हुन्छ ।’ जापान शाखाको स्थापनाका लागि मन्त्रालयले गृहकार्य गरिरहेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...