प्रदेश सरकारको आकस्मिक निर्णय : मृतकका परिवारलाई ३ लाख राहत र उपचार खर्च बेहोर्ने

Province 2 cabinet office

काठमाडौं । सोमबार बिहानै जनकपुरधाममा प्रदेश मन्त्रिपरिषदको बैठक बसेको छ । बैठकले घटनाप्रति गहिरो शोक प्रकट गर्दै मृतकका परिवारलाई तत्कालीन रुपमा ३ लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

आइतबार राति हावाहुण्डरीबाट बारा, पर्सा लगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश २ को मन्त्रिपरिषदले गहिरो दुःख प्रकट गरेको छ ।

प्राकृतिक विपतिमा परेर घाइते भएकाहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाहरुको बासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले मृतकका परिवारलाई ३ लाखका दरले राहत दिने र घाइतेहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने बताए ।

आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट ३१ जनाको मृत्यु भएको छ । कलैया, वीरगञ्ज लगायतका अस्पतालहरुमा ४ सय भन्दा बढी घाइतेहरु उपचारत छन् ।

उपचारका क्रममा थप केही घाइतेको समेत निधन भएका समाचारहरु आइरहेका छन् । सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीहरु रातिदेखि अहिलेसम्म उद्धारमा खटिइरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...