मंगलबारसम्म मेघ गर्जनसहित वर्षा हुने

Weather change

काठमाडौं । आइतबार देशभरका अधिकांस स्थानमा वर्षा भए पनि सोमबार मौसममा सुधार आएको छ । तर, देशको पूर्वी तथा मध्यभागमा मंगलबारसम्म मेघ गर्जनसहित क्षणिक वर्षा हुनेछ ।

भारतको मध्यप्रदेशमा विकसित भएको न्यून चापीय क्षेत्र (लो प्रेसर एरिया) को प्रभावका कारण वायुमण्डलको तल्लो सतहमा जलवाष्पयुक्त हावा सजिलै प्रवेश गर्ने भएकाले नेपालमा अहिलेको मौसमी अवस्थामा परिवर्तन आएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । देशको पहाडी भेगको केही स्थानमा र तराई भेगको एक दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना छ ।

हिमाली भूभागको केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । मंगलबार देशको पहाडी भूभागमा आंशिक बदली हुनुका साथै देशको पहाडी भेगको थोरै स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...