हावाहुरीको बबण्डर :घाइतेले भरियो अस्पताल, उद्धार कार्य जारी

Bara upachar

बारा । अचानक आएको हुरीका कारण बारा र आसपासका जिल्लामा गरी सयौंको संख्यामा मानिसहरु घाइते भएका छन् । घाइतेहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

अधिकांश घाइतेहरु भोकै छन् । खाना खाने समयमा नै हावाहुरी चलेकोले अधिकांशले केही खान पाएका छैनन् । नेपाली सेना र प्रहरीले अस्पतालमा घाइतेहरुलाई चिया र बिस्कुट बाँडे ।

लगभग आधी घण्टामात्रै चलेको भिषण हावाहुरीका कारण भारतसँग सीमाना जोडिएका गाउँहरु मात्रै धेरै प्रभावित भएका छन् । अहिले बारा पर्साका अस्पलातहरु विरामीले भरिएका छन् । अझै उद्धार कार्य जारी रहेकाल घाइतेको संख्या अझैं बढ्न सक्ने अनुमान गरिएको छ । हालसम्म बारा र पर्सामा गरी ३१ जनाको मृत्यु भइसकेको छ ।

माटोले बनेका घरहरु नजिकैको विद्युतको पोल तथा रुख लड्दा त्यसले च्यापिएर धेरै जना हताहत भएका हुन् । अस्पताल आइपुगेका घाइते तथा प्रत्यक्षदर्शीका अनुसार बाटो भरी पोलहरु लडेको तथा रुखहरु भाँचिएका कारण घाइतेको उद्धारमा कठिनाइ भइरहेको छ ।

जिल्लाको कलैया अस्पतालको मात्रै घाइतेको संख्या २ सयको हाराहारी रहेको छ भने चिकित्सकहरुको ४/५ जना मात्रै रहेका छन् । कलैया अस्पतालमा उपचार गर्न असम्भव भएका घाइतेहरुलाई वीरगन्जको नारायणी अस्पताल र नेशनल मेडिकल कलेजमा रिफर गरिएको छ । अस्पतालमा घाइतेहरुको संख्या धेरै रहेकाले रगतको अभावसमेत देखिएको छ ।

उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै स्थानीय तथा सर्वसाधारण र राजनीतिक कार्यकर्ताहरु जुटेका छन् । घाइतेहरुको कलैया र वीरगन्ज अस्पतालमा उपचारको लागि लगिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...