भरुवा बन्दुकसहित इलाममा एकजना पक्राउ

Pakrau

इलाम । सूर्योदय नगरपालिका–५ शान्तिधाराबाट अवैध रूपमा राखिएका तीन थान भरुवा बन्दुकसहित एकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बन्दुकसहित ४३ वर्षीय हर्कबहादुर लिम्बूलाई पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अवैध रूपमा राखिएका हतियार बुझाउन सरकारले ३५ दिने सूचना जारी गरेको छ । सूचना जारी भएपछि प्रहरीले अवैध रूपमा राखिएका हतियारमाथि निगरानी बढाएको छ ।

यही चैत १ गते सूचना जारी गर्दै सरकारले तोकेको म्यादभित्र अवैध हतियार बुझाए यसअघि अवैध हतियार राखेबापत कुनै कारवाही नहुने उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...