बिष्णु खत्रीको डाँडा काँडाकोमा साया र तुलविर (भिडियोसहित)

Dada

काठमाडौं । चर्चित लोकदोहोरी गायक विष्णु खत्रीको नयाँ मैलिक गीत डाँडा काँडाको गीती एल्वम सार्वजनिक भएको छ । बागलुङ जिल्लाका पर्यटकीय स्थलहरु गलकोट नगरपालिका ७ मल्मको राम्चेढुङ्गा र वडा नं १० पाण्डवखानीको सिद्वथानमा गीतको छायाङ्कन गरिएको थियो ।

पर्यटकीय स्थलहरुको गीत संगीतको भिडियो मार्फत प्रचार प्रसार गरि पर्यटन क्षेत्रमा टेवा पुगोस भन्ने उद्येश्यले राजधानी देखि टाढा सुटिङ युनिटको व्यवस्थापन गरि छायाङ्कन गरिएको लोक दोहोरी गायक विष्णु खत्रीले जानकारी दिए । पर्यटकीय स्थल राम्चे ढुङ्गाबाट पहिलो पटक गत असोजमा प्याराग्लाईडिङको सफल परिक्षण गरिएको थियो भनें पाण्डवखानी सिद्वथानमा पर्यटकलाई लक्षित गरि होम स्टे सञ्चालन गरिएको छ ।

उत्कृष्ट शब्द अनि लय सहित गायक विष्णु खत्रीको आफनै युट्युव च्यानल मार्फत गीत सार्वजनिक भएको छ। यसो त खत्रीका सबै गीतहरुले आम श्रोत दर्शकको मन जित्न सफल भएका छन । गीतमा लोक तथा दोहोरी गायक विष्णु खत्री र चिनु घर्ति मगरको आवाज रहेको छ भने गीतमा शब्द तथा लय गायक खत्रीकै रहेको छ ।

माया प्रेममा आधारित गीतमा चर्चित मोडल साया भण्डारी र युवा उद्यमी तथा समाजसेवी तुलविर थापाले अभिनय गरेका छन । गीतको भिडियो निर्देशन चर्चित निर्देशक दिलिप रेग्मीले गरेका छन । गीत युट्युवमा सार्वजनिक भएपछि आम लोकदोहोरी प्रेमी श्रोता दर्शकको मन जित्ने सम्पुर्ण युनिटले अपेक्षा गरेको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...