मलेसियाको श्रम स्वीकृती खुल्यो, ७ हजारले पाउँदैछन् स्वीकृति

Malesia khuldai

काठमाडौं । मलेसिया जान बन्द भएको १० महिनापछि सरकारले कलिङ भिसा आएका कामदारलाई मलेसिया जान श्रम स्वीकृति दिन थालेको छ ।

सरकारले मलेसिया जाने कामदारलाई विभिन्न बाहनामा थप शुल्क लगाएर ठगी गरिएको भन्दै गत जेठ १२ गतेबाट मलेसियाका लागि श्रम स्वीकृति दिन रोकेको थियो । विभिन्न विचौलिया संयन्त्रमार्फत कामदारलाई सिन्डिकेट लादेर ठगी भएको भन्दै श्रम मन्त्री गोकर्ण बिष्टले ठगी गर्नेमाथि कारवाही चलाएका थिए ।

अब पहिलो चरणमा ती कलिङ भिसा आएका कामदारलाई पठाएर मलेसियामा खोल्ने तयारीमा सरकार छ । अब संस्थागत तर्फबाट भिसा आइसकेकाहरु पनि मलेसिया उड्न पाउनेछन् ।

वैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचललाई पत्र लेखेर कलिङ भिसा आएकाहरुलाई मलेसिया जान अन्तिम श्रम स्वीकृति दिन अनुमति दिएको छ । यो सँगै झण्डै १० महिनापछि मलेसियामा कामदार पुन पठाउन सुरु हुने भएको छ ।

समझदारीमा कलिङ भिसा आएकाहरुलाई तत्कालै जान दिने उल्लेख भएपनि पुरानो बिचौलिया (भेन्डर) मार्फत कामदारको भिसा प्रक्रिया अघि बढाउन नसकिने अडान नेपालले लिएको थियो । तर, मलेसियाले पनि तत्कालै भेन्डर नफेर्ने संकेत गरेको थियो ।

यसैका कारण श्रम समझदारीपछि पनि कलिङ भिसा आएकाहरुलाई पनि मलेसियाका लागि श्रम स्वीकति दिइएको थिएन । बीचमा २० जना कलिङ भिसा पाएका कामदार मलेसिया दूतावासको सिफारिसमा उडेका थिए ।

सरकारले केही समयभित्रै नयाँ कामदारलाई पनि मलेसिया जान दिने गरी प्रक्रिया अघि बढाउने बताएको छ । मलेसियाले स्वास्थ्य परीक्षणको मापदण्ड पठाइसकेकाले कामदारको स्वास्थ्य जाँचमा योग्य नयाँ अस्पताल तथा स्वास्थ्य संस्थालाई सूचीकृत हुन सरकारले सूचना जारी गरिसकेको छ ।

यसअघि मलेसियाले ३९ वटा स्वास्थ्य संस्थालाई मात्रै कामदारको स्वासथ्य परीक्षण गर्न सक्ने गरी तोकेको थियो । अब भने मापदण्ड पुरा गर्ने सरकारी स्वास्थ्य संस्थासहित सबैले यसमा दावेदारी राख्न पाउनेछन् । यसबाट स्वासथ्य परीक्षणमा विगतमा रहेको सिन्डिकेट पनि सकिने दावी श्रम मन्त्रालयको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...