कांग्रेसका कारण सर्‍यो संसदीय सुनुवाइ समितिको बैठक

Samsadiya sunuwai samiti

काठमाडौं । प्रमुख प्रतिपक्ष दलको नेताको अनुपस्थतीमा संसदीय सुनुवाइ समितिको बैठक सरेको छ । नेपाली कांग्रेसका सदस्यहरुले सभापति शेरबहादुरसँग थप छलफल गर्नुपर्ने जनाउँदै समय मागेपछि मंगलबारको लागि बैठक सरेको हो ।

संवैधानिक परिषद्को बैठकमा उपस्थित नभएका प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेश थपलियाको सिफारिसप्रति सन्तुष्ट हुन सकेका छैनन् ।

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको सुनुवाइ प्रक्रियाका लागि आइतबार समितिको बैठक डाकिएको थियो । आइतबार नै समावेशी आयोगमा सिफारिस विष्णुमाया ओझा विरुद्धमा परेका उजुरीमाथि छलफल हुने बताइएको थियो । तर कांग्रेसबाट बैठकमा उपस्थित सदस्यद्वय भीमसेनदास प्रधान र जितेन्द्र देवले समय माग गरेपछि बैठक सारिएपछि यी सबै प्रक्रिया मंगलबारसम्मका लागि स्थगित भएको छ ।

सुनुवाइ समितिको बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताबिना निर्णय गरिएको भन्दै सदस्यहरुले आपत्ति जनाएका थिए । संवैधानिक परिषद्ले यसअघि गरेको निर्णयमा पनि देउवाले आपत्ति जनाएका छन् ।

माघ ६ बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न पाँच संवैधानिक आयोगका अध्यक्ष सिफारिस गरेको थियो । आयोगका अध्यक्षमा भागबण्डा चाहेका देउवालाई उनको माग अनुरुपको सुनुवाइ नभएपछि उनले परिषद्को बैठक बेवास्ता गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...