झरना थापाकी छोरी सुहानाको डेब्यु 'ए मेरो हजुर ३' को ट्रेलर यस्तो बन्यो (ट्रेलरसहित)

Suhana

काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ३’ को ट्रेलर रिलिज भएको छ । चलचित्रकी निर्देशक साथै अभिनेत्री झरना थापाको जन्मदिनको अवसरमा ट्रेलर रिलिज गरिएको हो । बिहीबार साँझ ५ बजे ट्रेलर युट्युबमा सार्वजनिक गरिएको हो । 

यसबर्षको अन्त्यमा रिलिज हुने यो चलचित्र बहुप्रतीक्षित मानिएको छ । ७ हजार प्रतिक्रियामा अधिकांशले अनमोल र सुहानाको जोडीको तारिफ गरेका छन् । त्यस्तै अभिनेत्री झरना थापाकी छोरी सुहाना थापाको अभिनयले प्रशंसा बटुलेको छ । सुहानाको यो डेव्यु चलचित्र हो । 

ट्रेलरमा सुहानाले बोलेको केही संवादले तारिफ बटुलेको छ । त्यस्तै ट्रेलरमा अनमोल डबल भूमिकामा देखिएका छन् । उनी एउटा भूमिकामा सुपरस्टार गायकको रूपमा देखिएका छन् भने अर्को भूमिकामा साधारण गाउँलेको भूमिकामा देखिएका छन् । यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । सुहाना थापाको होम प्रोडक्सनबाट निर्माण भएको चलचित्रलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । यसअघि उनीद्धारा निर्देशित ‘ए मेरो हजुर २’ हिट भएको थियो । यो चलचित्र चैत्र २९ गतेबाट प्रदर्शनमा आउँदै छ । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...