रोहितको ‘सूर्यवंशी’ मा अक्षय कुमारसंग क्याटरीना देखिने संभावना

Katrina kaif akshay kumar

मुम्बई । निर्देशक रोहित सेट्टीले प्रहरीको कथालाई लिएर बनाएका फिल्म त सफल नै छन् । अजय देवगनको ‘सिंहम्’ होस् या रणवीर सिंहको ‘सिम्बा’ होस्, यी फिल्मले बलिउडमा धमाका मच्चाए ।

अब रोहित सेट्टीले फेरि एकपटक सुपरहिट फिल्म बनाउने तयारी गरेका छन् । यो फिल्ममा उनले अक्षय कुमारलाई लिनेछन् । फिल्मको नाम ‘सूर्यवंशी’ राखिएको छ । फिल्ममा अक्षय कुमारलाई पुलिस अफिसरका रुपमा देख्नेछन् ।

अहिले बलिउडमा चर्चा छ कि, फिल्ममा हिरोइन को होलिन् ? समाचारका अनुसार बलिउडमा क्याटरीना कैफ फिल्ममा अक्षयकुमारको जोडी बन्ने सम्भावना छ । भारतीय मिडियाका अनुसार यो फिल्ममा क्याटरिना कैफलाई खेलाउने तयारी भइरहेको छ ।

यसभन्दा पहिले पनि क्याटरिना र अक्षयकुमारको जोडी देखिइसकेको छ । यी दुईले ‘तीस मार खान’, ‘सिङ इज किङ’, ‘दे दनादन’ जस्ता सुपरहिट फिल्म दिइसकेका छन् ।

यद्यपि फिल्ममा को नायिका लिने भन्नेबारेमा निर्माण टिमले औपचारिक जानकारी दिइसकेको छैन ।

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...