अछाममा विप्लव समूह र प्रहरीबीच गोली हानाहान, विप्लवका ४ कार्यकर्ता पक्राउ

Goli fire

अछाम । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच अछाममा दोहोरो गोली हानाहान भएको छ ।

 अछाम रामारोशन गाउँपालिकाको बाटुलासैनमा विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्ने क्रममा मंगलबार दिउँसो दोहोरो गोली चलेको हो ।

विप्लव समूहबाट पहिला गोली चलेपछि प्रहरी गोली चलाउन बाध्य भएको प्रहरीको भनाइ छ ।

बाटुलासैनमा विप्लव समूहका कार्यकर्ता लुकेर बसेको सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो । प्रहरीले त्यहाँँबाट चारजना पक्राउ गरेको छ ।

‘पहिला उनीहरुले गोली चलाए’, डिएसपी जनक शाहीले भने, ‘त्यसपछि जवाफी कारबाहीका लागि प्रहरी गोली चलाउन बाध्य भएको हो ।’ डिएसपी शाहीले चार पक्राउ परेको पुष्टि गरे ।

पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा संगठनका जिल्ला सदस्य सुरेश साउद, अनेम संघ क्रान्तिकारीका भूमिसरा धामी, युवा संगठनका राजेन्द्र धामी रहेका छन् ।

प्रहरीको घेराबन्दीबाट भाग्ने क्रममा नेकपा अछामका इन्चार्ज शेरबहादुर बिकको खुट्टामा चोट लागेको र आफूहरु गोली चलाउन बाध्य भएको नेकपाको दाबी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...