प्रहरी र विप्लव समूहबीच गोली हानाहान, एकजना घाइते

Gun fire656

काठमाडौं । अछामको रामारोशनमा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भएको छ । विप्लवका कार्यकर्ता खोज्दै प्रहरी गाउँ पुगेपछि गोली हानाहान हुँदा एक जना घाइते भएका छन् ।

प्रहरीले चलाएको गोली लागेर विप्लव समूहका अछामका इन्चार्ज शेरबहादुर बिक दर्शन घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको बताइएको छ । विप्लव समूहका कार्यकर्ता खोज्दै प्रहरी रामारोशन गाउँपालिका– बाटुलासेनको झाता गाउँमा पुग्दा दोहोरो गोली हानाहान भएको हो ।

प्रहरी गाउँ पुगेको थाहा पाएपछि विप्लव समूहका कार्यकर्ताले गोली चलाएको र त्यसपछि प्रहरीले जवाफी फायरिङ गरेको अछामका प्रहरी प्रमुख जनक शाहीले बताए । उनले प्रहरीतर्फ कुनै क्षति नभएको बताए । विप्लवका केही कार्यकर्ता घाइते भएका भनिएपनि उनीहरुको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले गोली हानाहानपछि ४ जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकामा पार्टी निकट अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा संगठनका जिल्ला सदस्य सुरेश साउद, अनेमसंघ क्रान्तिकारीकी भुमीसरा धामी र युवा संगठनकै राजेन्द्र धामी रहेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...