स्थायीका लागि लिइएको परीक्षामा करिब १० हजार अस्थायी शिक्षक अनुत्तीर्ण

Edu

काठमाडौं । स्थायी शिक्षकका लागि लिइएको लिखित परीक्षामा करिब १० हजार अस्थायी शिक्षक अनुत्तीर्ण भएका छन् । उनीहरूलाई उपदानसहित बिदाइ गर्ने तयारी सरकारले गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ती शिक्षकलाई उपदान दिन पाँच अर्ब २५ करोड रुपैयाँ छुट्टाएको छ । केन्द्रका महानिर्देशक बाबुराम पौडेलले ती शिक्षकहरू तत्कालै कक्षाकोठाबाट बाहिरिँदा समस्या पर्ने भएकाले आगामी असार मसान्तसम्म काममा लगाउन सकिने गरी व्यवस्था गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरिएको बताए ।

सरकारले केही समयअघि गठन गरेको कार्यदलले देशभरिका सामुदायिक विद्यालयमा ४७ हजार १ सय २ शिक्षक अपुग भएको तथ्याङ्कसहितको प्रतिवेदन मन्त्रिपरिषद्मा बुझाएको थियो । शिक्षा नियमावलीले कायम गरेको शिक्षक अनुपातअनुसार अझै ३४ हजार ४ सय ८ शिक्षक अपुग छन् । मन्त्रिपरिषद्ले निर्णय गरेपछि शिक्षक पदस्थापन र दरबन्दी मिलान प्रक्रिया अगाडि बढ्नेछ ।

यसैबीच सामुदायिक विद्यालयको सुधारका लागि सार्वजनिक शिक्षा रूपान्तरण अभियान नामक राष्ट्रिय सम्मेलनको आयोजना गरिने भएको छ । कमजोर विद्यालयका समस्या र राम्रो गरेका विद्यालयको अनुभव सुन्न चैतको अन्तिम सातामा सम्मेलनको आयोजना गर्न लागिएको छ ।

केन्द्रका उपमहानिर्देशक चुडामणि पौडेलले आगामी वैशाख १ गतेबाट सुरु हुने विद्यार्थी अभियानअन्तर्गत भर्ना कम भएका १५ जिल्ला र १३६ पालिकामा सघन कार्यक्रम सञ्चालन गरिने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...