कोरियन भाषा परीक्षाका लागि अहिलेसम्म ७९ हजारको आवेदन, कहिलेसम्म छ म्याद ?

Eps

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत प्रथम चरणको कोरियन भाषा परीक्षाका लागि अहिलेसम्म झण्डै ७९ हजारको आवेदन परेको छ । मंगलबार बेलुकासम्म ७८ हजार ८ सय ५९ जनाको आवेदन फारम भरेको इपिएस कोरिया शाखाले जनाएको छ ।

भाषा परीक्षाका लागि गत बिहीबार राति १२ बजेदेखि आवेदन फारम भर्न खुला गरिएको थियो । यही चैत १७ गतेसम्म भाषा परीक्षामा सहभागी हुन आवेदन दिन सकिनेछ ।

कोरियन भाषा परीक्षा आगामी जेठ २५ र २६ गते हुनेछ भने आगामी असार १३ गते नतिजा प्रकाशन गरिने इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...