शुक्लाफाँटा पर्यटन महोत्सवमा ३ हजार पर्यटकलाई शुक्लाफाँटा घुमाइने

Kanchanpur news 12

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि आन्तरिक र बाह्य पर्यटकहरुलाई निकुञ्जभित्र घुमाउन शुक्लाफाँटा पर्यटन महोत्सव हुने भएको छ ।

भीमदत्त नगरपालिकाको संयोजनमा सबै कञ्चनपुरका सबै स्थानीय तह र सरोकारावालाको सहकार्यमा चैत १५ देखि २१ गतेससम्म महोत्सव हुने भएको हो ।

महोत्सव अवधिभरि दैनिक तीन सयदेखि पाँच सय पर्यटकलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र घुमाउने लक्ष्य राखिएको छ । त्यसका लागि दैनिक १० देखि १५ सवारी साधन निकुञ्जभित्र पर्यटकलाई घुमाउने छन् ।

महोत्सव मूल आयोजक समितिका संयोजक भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजनाको तयारी सुुरु गरिएको बताए ।

‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य हो, नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी यो महोत्सव आयोजना हुन लागेको छ’ महोत्सव सम्बन्धि जानकारी गराउन मंगलबार भीमदत्त नगरपालिका कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नगर प्रमुख विष्टले भने,‘यो महोत्सव सबैको सहकार्य, समन्वय र सहयोगमा हुन लागेको छ, सबै आयोजक छौ, सबैको लक्ष्य शुक्लाफाँटामा पर्यटन प्रवद्र्धन गर्ने भन्ने हो ।’

नगर प्रमुख विष्टले महोत्सव अवधिभर दैनिक तीन सयदेखि पाँच सय घुमाउँदा अहिलेसम्मकै सबैभभन्दा बढी पर्यटकले निकुञ्ज घुम्ने भएकाले महोत्सव ऐतिहासिक हुने बताए ।

‘दैनिक यो संख्यामा पर्यटक जाँदा तीन हजारदेखि तीन हजार पाँच सयसम्म पर्यटक भित्र जान्छन्, यो अहिलेसम्मकै ठूलो हुनेछ’ उनले भने,‘यो महोत्सव ऐतिहासिक हुनेछ, यसलाई भव्य बनाउन सबै लाग्नेछौ ।’

भीमदत्त नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सन् २०१९ लाई प्रचार र पूर्वाधार निर्माणको वर्ष घोषणा गरेको उल्लेख गर्दै नगर प्रमुख विष्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई पर्यटन हब बनाउन विशेष प्राथमिकता दिएको बताए । शुक्लाफाँटा पर्यटन प्रवद्र्धनका लागि गत वर्ष नगर कार्यकालिकाको बैठक शुक्लाफाँटामा गरिएको थियो ।

पत्रकार सम्मेलनमा नाटाका सुदूरपश्चिम प्रदेश संयोजक माया प्रकाश भट्ट, सुदूरपश्चिम प्रदेश उद्योग बाणिज्य संघका उपाध्यक्ष कृष्णप्रसाद पाठक, कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी, कञ्चनपुर होटल व्यवसायी संघका अध्यक्ष प्रमानन्द भण्डारी, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णुदत्त अवस्थी लगायतका सहभागी भएका छन् ।

स्रोत व्यवस्तापन समितिको संयोजकमा कञ्चनपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी, आवास तथा अतिथि सत्कार समिति संयोजकमा प्रमानन्द भण्डारी, प्रचारप्रसार समितिमा लक्षण तिवारी, मञ्च समारोह व्यवस्थापन समिति संयोजकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक वार्डेन शैलेन्द्र चौधरी र समनवय तथा सोसिएल मार्केटिङ समिति संयोजकमा माया प्रकाश भट्ट छन् ।

३ सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा बाह्रसिंगाको झुण्ड सबैभन्दा आकर्षक मान्ने गरिएको छ । निकुञ्जमा जमा २ हजार ३ सय ४० बाह्रसिंगा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...